बिहिबार, २६ फेब्रुअरी २०२६

असोज मसान्तसम्म लुटेका हतियार बुझाए ‘सम्मान’, नत्र कडा कारबाही

गृह मन्त्रालयले बिहीबार एक विज्ञप्ति निकाल्दै मुलुकका विभिन्न भागमा सुरक्षा निकायको साथबाट हराएको हातहतियार र खरखजाना कही कसैले फेला पारेमा नजिकको सुरक्षा निकायमा यही असोज मसान्तसम्म बुझाउन अनुरोध गरेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

तुइखोलाको पहिरो हट्यो, पूर्वपश्चिम राजमार्ग अब दुईतर्फी सञ्चालन

डिभिजन सडक कार्यालय भरतपुरका अनुसार बिहीबार रातिदेखि नै सडक सञ्चालनमा आएको थियो। साढे दशबजेदेखि नै उक्त सडकखण्ड दुईतर्फी खुलाइएको थियो। त्यसका लागि सडकमै फ्लड लाइट जडान गरी पहिरो पन्छाउने काम भएको थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नेताहरूको पासपोर्ट रोक्का मात्र होइन, आवश्यक परे पक्राउ पनि गर्नुपर्छ

उनले भने, ‘अनुसन्धान गर्ने निकायले केके रोक्का गर्नुपर्छ...त्यतिमात्र किन पक्राउ पनि गर्नुपर्ने होला, बयान पनि ल्याउनुपर्ने होला। जे हुन्छ त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टी पत्रकारसँग ओलीको बिलौनाः भ्रष्टाचार नगर्नु नै मेरो अपराध भयो

जेन–जी आन्दोलनपछि सत्ताच्युत भएका ओलीले बिहीबार पार्टीनिकट पत्रकार संगठन प्रेस चौतारी नेपालका केन्द्रीय पदाधिकारीहरूसँग छलफल गरेका थिए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जेन–जी आन्दोलनको नाममा प्रतिनिधिसभा विघटन गर्नु दुःखदः महामन्त्री शर्मा

यही भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनको मुद्दाको सम्बोधन गर्न उनले सरकारसँग माग गरे। तर उनीहरूको माग सम्बोधन गर्ने नाममा पहिलाको हकअधिकार नमास्न समेत आग्रह गरे।

बिएल संवाददाता

बिएल संवाददाता - जनकपुरधाम

‘संविधान संशोधन नहुने’ प्रधानमन्त्रीद्वारा स्पष्ट, निर्वाचनपछि बन्ने संसदको जिम्मा

बिहीबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारको जिम्मेवारी निर्वाचन सम्पन्न गर्ने भएकाले संविधान संशोधन नहुने स्पष्ट पारेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्रिपरिषद बैठक जारी, दलका नेताहरूको पासपोर्ट रोक्काको निर्णय गर्ने सम्भावना

बैठकले नेकपा विभिन्न दलका नेताहरू, जेन–जी दमनमा संलग्नहरू र भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेका व्यक्तिहरूको पासपोर्ट रोक्काको निर्णय हुनसक्ने बताइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

उपचारका लागि देउवा दम्पती थाइल्याण्ड उड्ने सुइँको पाएपछि अघि बढाइयो पासपोर्ट रोक्का प्रक्रिया

देउवा दम्पतीले नयाँ पासपोर्ट समेत बनाइसकेको पाइएको छ। सुन्दरीजलस्थित आर्मीको स्टाफ कलेजमा उपचाररत देउवा दम्पतीलाई सेनाले भोलि शुक्रबार घर पठाउने तयारी गरेको बुझिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

पार्टीका शीर्ष नेताहरूको पासपोर्ट ‘रोक्का’ गर्ने तयारी

सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले कांग्रेस, नेकपा एमाले, माओवादी (केन्द्र) लगायत दलका शीर्ष नेताहरूको राहदानी रोक्का गर्ने प्रक्रिया अघि बढाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रचण्डको डरः भ्रष्टाचार छानबिनका नाममा नेताहरूलाई जेल हाल्ने चलखेल हुँदैछ

केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदनमा अध्यक्ष प्रचण्डले अन्तरिम सरकारको आडमा देशमा विभिन्न बहानामा अराजकता मच्चाएर प्रतिगामी शक्ति हाबी गराउने र संविधान नै मास्ने खेल भइरहेको आशंका गरेका छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली नभएसम्म देशमा राजनीतिक स्थिरता हुँदैनः बाबुराम भट्टराई

उनले राजनीतिक लोकतान्त्रिक स्थिरताको लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीमा जानुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

नयाँ पुस्ताले ढोका ढकढक्याए, मैले पद छाडेंः बाबुराम

उनले वैकल्पिक राजनीतिक अभियन्ताहरूले नेतृत्वकारुपमा नयाँ पुस्तालाई अगाडि सार्नुपर्ने भन्दै पूराना राजनीतिक दलहरू कि सच्चिनुपर्ने कि सक्किनुपर्ने बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सत्य स्वीकार्नु पर्छ, बदलिएका अपेक्षाहरू पूरा गर्न नसकेकोमा माफी चाहन्छौंः योगेश भट्टराई

भदौ २३ गतेको ‘जेनजी’ आन्दोलन र भदौ २४ गतेको विध्वंसपछि तपाईं–हामी विस्तारै आफ्नो दैनिकीमा फर्किरहेका छौं। तर यसले छोडेको असर भने युगौंसम्म रहनेछ। भदौ २३ गतेको आन्दोलनले हाम्रो राजनीतिक सत्ता र संरचनामा असाधरण बदलाब ल्याएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

मन्त्री ‘हुन नपाएकी’ संगीता, अन्याय भयो कि ‘अत्याचार?’

भ्रष्टाचारलगायतका मुद्दा विचाराधिन एवम छानविनका क्रममा रहेको भनी समाचारहरु आएपछि सुशीला कार्की नेतृत्वको सरकारले उनको हटायो। नाम हटाइएपछि उनको पक्ष र विपक्षमा ब्यापक बहस भइरहेको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सडकहरू बन्द छन्, जहाजमा भने मनलाग्दी भाडा

नेपाल प्रहरीका अनुसार बिहीबार बिहानसम्म देशभरका मुख्य पाँच राजमार्गहरू पूर्णरुपमा अवरुद्ध छन् भने केही बाटाहरू एकतर्फी सञ्चालनमा छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

आज प्रधानमन्त्रीको सम्बोधन

जेनजीको आन्दोलनपछि अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी कार्कीले पहिलोपटक राष्ट्रका नाममा सम्बोधन गर्न लागेकी हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बालेनले प्रधानमन्त्रीलाई सोधेः जेन-जीमाथि गोली बर्साउनेलाई कारबाही खै?

यतिका दिनसम्म गोली चलाउनेहरू र आदेश दिनेहरू कहाँ छन्? अहिलेसम्म उनीहरूलाई किन पक्राउ गरिएन? पीडित परिवारहरूले प्रश्न उठाइरहेका छन्। तत्काल कारबाही नभए असन्तोष बढ्दै जानेतर्फ सचेत हनुपर्छ।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

बाबुरामले त्यागे अध्यक्ष, यी नेताले कहिले?

बैठकले केन्द्रीय समिति भंग गरेर फागुनमा विशेष महाधिवेशनमा जाने निर्णय गरेको छ भने, महाधिवेशनका लागि आयोजक कमिटी पनि गठन गरिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं