बिएल संवाददाता
आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजमा नेपालले ओमानलाई ८१ रनले हराएको छ।
आसिफ शेखको ९४ रन र गुल्सन झाको उत्कृष्ट ५ विकेटको मद्धतमा नेपालले ओमानविरुद्ध शानदार जित निकालेको हो।
कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपालले दिएको २५७ रनको लक्ष्य पछ्याएको ओमान ३९.५ ओभरमा १७५ रनमै अलआउट भयो।
ओमानका लागि विकेटकिपर विनायक शुक्लाले ४१ बल खेल्दै ३ चौका र २ छक्का मदतमा सर्वाधिक ३६ रन बनाए। यस्तै हम्मद मिर्जाले ३४, हसनैन वाहावले २९ रन बनाए।
ओमानलाई अलआउट गर्न नेपालका लागि गुल्सन झाले ९ ओभरमा ३८ रन खर्चेर ५ विकेट लिए। करण केसी, नन्दन यादव, सन्दीप लामिछाने र उपकप्तान दीपेन्द्र सिंह ऐरीले समान एक/एक विकेट लिए।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर २५६ रन बनाएको थियो।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए भने अर्जुन कुमालले ४८, आरिफ शेखले ४३ र उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३३ रन जोडेका थिए।
ओमानका लागि बलिङमा नदिम खानले सर्वाधिक ३ र तथा सकिल अहमदले २ विकेट लिए। जितेन रामानान्डी, हसनैनन शाह र आर्यन विष्टले समान १ विकेट लिए।
यस सिरिजमा चार मध्ये ३ खेल जित्दै नेपालले ६ अंक जोड्न सफल भयो। २४ खेलबाट १८ अंक जोडेको नेपाल ८ टोली सहभागी लिग टु मा सातौं स्थानमा छ।
अब नेपालले अमेरिका र स्कटल्यान्ड सम्मिलिति लिग टु को अर्को शृंखला यही वैशाख २९ गतेदेखि घरेलु मैदानमै खेल्नेछ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया