बिएल संवाददाता
साउथ फिल्मका सुपर स्टार विजय थलापतिले आफ्नो अभिनयको कारण करोडौं दर्शकहरूको मनमा ‘राज’ गरेका छन्।
उनी तमिलनाडुमा मात्र नभई बलिउडमा पनि उत्तिकै लोकप्रिय छन्। सुरुआती करियरमा विजय फर्मुला सिनेमामा काम गर्ने अभिनेताको रूपमा परिचित थिए। जसमा एक्सन र रोमान्टिक गीतहरू हुन्थे। तर, समयसँगै उनको छवि परिवर्तन भयो।
उनले कमेडी, एक्सन र सामाजिक विषयवस्तुमा आधारित चलचित्रहरूमा आफ्नो स्थान बनाए। विस्तारै एक साधारण नायकबाट ‘थलापथी’ मुख्य अभिनेतामा परिणत भए।
फिल्ममा सफल भएका उनी अहिले राजनीतिमा पनि उत्तिकै सक्रिय छन्। र, सफल पनि भइरहेका छन्।
सन् २०२४को फेब्रुअरीमा उनले सिनेमा क्षेत्रलाई थाँती राखेर तमिलागा वेत्रि झागाम अर्थात् छोटकरीमा ‘टिभीके’ नामको पार्टी घोषणा गरे। उनको पछाडि कुनै वरिष्ठ नेता थिएनन्। कुनै राजनीतिक घराना थिएन।
टिभीके स्थापनादेखि चुनावसम्मको दुई वर्षसम्म उनले र उनको पार्टीले धेरै काम गर्यो। २ सय ३४ वटै निर्वाचन क्षेत्रका बुथ–स्तरीय सांगठनिक गतिविधि भए।
सन् २०२४को अक्टोबरमा भएको पार्टी सम्मेलनले व्यापक सङ्ख्यामा मानिसहरूलाई सम्मेलन स्थल विक्रवन्दी इलाकामा आकर्षित गर्यो।
महिला, विद्यार्थी, पहिलो पटक मतदान गर्नेहरू मतदाता तथा दैनिक ज्यालादारी कामदारहरूको मुद्दा समेटेर घोषणापत्र तयार पारियो। साथै घोषणापत्रमा सरकारले वाचा गर्ने र वाचा अनुरूप जनतालाई सेवा–सुविधा उपलब्ध नगराउने खाडललाई पुर्नका लागि समेत के गर्न सकिन्छ भन्ने प्रयास गर्यो।
सन् २०२६ को मे ४ अर्थात् हिजो सोमबारका दिन, जब विधानसभा निर्वाचनको मतगणना सुरु भयो टिभीके एक सय भन्दा धेरै स्थानमा अग्रता कायम गर्दै गरेको देखा पर्यो।
उनको पार्टीले बहुमत प्राप्त गरे उनी मुख्यमन्त्री बन्ने चर्चा यतिबेला भारतीय सञ्चारमाध्यममा भइरहेको छ।
यसरी त कसरी चल्ला र देश ?
‘अब मैले बाबाको मन जित्नुछ’
रविको मुद्दा- बालेनको ‘लिटमस' टेस्ट
संक्रमणकालीन न्यायः नयाँ सरकार, पुरानो समस्या, दुखिरहने द्वन्द्वको घाउ
दीपक भट्टसँग शेखर गोल्छाको पनि कनेक्सन, अनुसन्धान ‘प्रभावित’ पार्न राजनीतिक लबिङमा
बालेनको अबको ‘लेन’!
आमाको मुख हेर्ने दिनः स्वर्गवासी आमाको सम्झना
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया