अध्यादेश अस्वीकार गर्ने विपक्षी दलहरूको निर्णय
बिहीबार सिंहदरबारमा बसेको बैठकमा अध्यादेश प्रक्रिया हिसाबले पनि गलत भएको कारण सबै विपक्ष दलहरुले यसको अस्वीकार गर्ने सर्वसहमत निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए। उनले भने,‘सरकारले सदनमा ल्याएर सबै कानुन व्यवस्थित बनाएर अगाडि बढाउनुको सट्टा सदन बोलाउने बेलामा नै आएर जसरी अध्यादेश ल्याएको छ। त्यो प्रकृयाको हिसाबले पति गलत छ। त्यसैले सबै विपक्ष दलहरूले यसको अस्वीकार गर्नुपर्छ भन्ने सर्वसम्मत निर्णय भएको छ।’
बिएल संवाददाता - काठमाडौं