बिएल संवाददाता
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले कार्यभार सम्हालेपछि अवैध आप्रवासीविरुद्ध निर्मम नीति अपनाएका छन्।
ट्रम्पले कार्यभार सम्हालेको दिनबाटै अवैध आप्रवासी पक्राउ र देश निकाला अभियान सुरु भइसकेको छ। शपथ ग्रहण लगत्तै यस सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
यसैक्रममा अमेरिकाले निष्कासनमा पर्ने विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरूको संख्या सार्वजनिक गरेको छ।
अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको सूचीमा अमेरिकामा बस्दै आएका १ हजार ३६५ नेपाली पनि समावेस छन्। अर्थात ती नेपालीहरू अमेरिकाबाट नेपाल फिर्ता पठाइन लागिएको हो।
अमेरिकाबाट फर्काइन लागेकाहरूमध्ये सबैभन्दा धेरै होन्डुरस, ग्वाटेमाला, मेक्सिको र एल साल्भाडोरका नागरिक छन्।
होन्डुरसका २ लाख ६१ हजार ६५१, ग्वाटेमालाका २ लाख ५३ हजार ४१३, मेक्सिकोका २ लाख ५२ हजार ४४ र एल साल्भाडोरका २ लाख ३ हजार ८२२ जना छन्।
त्यस्तै विश्वमै धेरै जनसंख्या भएका चीन र भारतका नागरिकहरू पनि अमेरिकाबाट निष्कासनमा पर्ने छन्। अमेरिकी अध्यागमनको सूचीअनुसार चीनका ३७ हजार ९०८ र भारतका १७ हजार ९४० जना र भारतका १७ हजार ९ सय चालिस नागरिक फिर्ता हुँदैछन्।
भारत र चीनले आफ्ना नागरिक फिर्ता ल्याउने प्रतिवद्धता जनाइसकेका छन्। नेपाल भने यस विषयमा अझै मझन छ।
‘नेपाल हितमा छैन राष्ट्रिय परिचयपत्र’
मलेसियामा राम्रो तलब र अवसर, नेपालमा विवादले रोजगारी गुम्ने जोखिम
निकास के त? व्यवस्था परिवर्तन कि पूर्ण पुनर्संरचना?
नागरिकता कानुन संशोधनको आवश्यकता
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया