शुक्रबार, २३ अक्टोबर २०२६

तिब्बतमा शक्तिशाली भूकम्प: १६ जनाको मृत्यु, अरु के के भयो?

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं।
News Image
• • •

भूकम्पको केन्द्रविन्दु उत्तरी सिजाङको नाग्छु क्षेत्रको उच्च हिमाली भूभागमा रहेको बताइएको छ। भूकम्प जमिनको सतहबाट करिब १८ किलोमिटर गहिराइमा केन्द्रित भएको जनाइएको छ। केन्द्रविन्दुको पाँच किलोमिटर आसपासको क्षेत्रको उचाई समुद्री सतहबाट औसत ४ हजार ८६४ मिटर छ।

भूकम्पको केन्द्रविन्दु सिजाङको राजधानी ल्हासाबाट करिब चार सय किलोमिटर टाढा रहेको छ। भूकम्प लगत्तै नजिकै ५.१ म्याग्निच्युडको अको परकम्प गएको छ।

चीनमा सन् २०२४ जनवरीपछिको यो अर्को शक्तिशाली भूकम्प हो। त्यसअघि सन् २०१० मा नजिकैको छिङहाई प्रान्तको युशु क्षेत्रमा ७.१ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा कम्तीमा २ हजार ६९८ जनाको मृत्यु भएको थियो भने तीन सय हाराहारी हराएका थिए।

चीन सरकारले भूकम्पग्रस्त क्षेत्रमा पर्याप्तमात्रामा उपकरहरुसहित सयौं उद्धारकर्मी खटाएको छ। उद्धारकर्मीले खोज र उद्धारसँगसँगै भूकम्पका कारण अवरुद्ध भएको विद्युत आपूर्तिको व्यवस्था मिलाउनुका साथै ढुङ्गा र माटोले पुरिएका बाटाहरू खुलाउने प्रयास गरिरहेका छन्।

यसैबीच चिनियाँ राष्ट्रपति सी चिनफिङले भूकम्पबाट भएको क्षतिप्रति दु:ख व्यक्त गर्दै खोज, उद्धार र राहत कार्यलाई तीव्र बनाउन निर्देशन दिएका छन्। 

• • •

प्रतिक्रिया

प्रतिक्रिया ()

टिप्पणीहरू छैनन्। तपाईं पहिलो बन्नुहोस्!