बुधबार, २७ अगस्ट २०२५

नदी किनारमा थप २० मिटर छोड्नुपर्ने फैसलाविरुद्ध पुनरावलोकनमा गयो सरकार

बागमती संरक्षणसँग जोडिएको रिट निवेदनमा भएको सर्वोच्च अदालतको फैसला त्रुटिपूर्ण र नजिरको प्रतिकूल रहेको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको तर्फबाट सोमबार सचिव फणीन्द्र गौतमले सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

भावी प्रधानन्यायाधीशमा राउत सिफारिस

सर्वोच्च अदालतकाे भावी प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश प्रकाशमान सिंह राउत सिफारिस भएका छन्।  साेमबार बसेकाे संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीश नियुक्तिका लागि राउतकाे नाम सिफारिस गरेकाे हाे।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगी प्रकरण: रवि लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस

गोर्खा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न अध्यक्ष गितेन्द्रबाबु राई (जिवी राई), सदस्य कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको समितिले उल्लेख गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

रवि लामिछानेले निर्दोष छु भन्दै हिँड्न मिल्दैन: काँग्रेस प्रवक्ता

उनले भने, ‘प्रतिवेदन बुझाएपछि सभामुखले सरकारले प्रतिवेदनमा आएका कुराहरुलाई मध्यनजर गरेर निर्देशन दिएको अवस्थामा कसरी रवि लामिछानेले क्लिन चिट पाउनुभयो त्यो मलाई थाहा छैन।’

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भयो: रवि लामिछाने

‘हामीले समाधानमा जानुपर्छ भनेर पहिलादेखि नै भनेका थियौँ। व्यक्ति केन्द्रित गरेर राजनीतिक खेल खेल्ने काम नगरौँ भनेर भनेको थिएँ। मूल कुरा भनेको सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ। हामीले गैरकानुनी, अराजनीतिक जस्ता कुनै पनि गलत काम हामीले गरेका छैनौँ’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

यी हुन् १० भन्दा बढी बैठकमा नआएका सांसदहरू (भिडियाे)

उनका अनुसार १४ जना सांसदहरू उपचार र भ्रमण तथा घरेलु काममा व्यस्त भएका कारण संसदका १० भन्दा बढी बैठकमा उपस्थित हुन नसकेका हुन्। तीमध्ये सबैभन्दा धेरै अनुपस्थित हुने सांसदहरूमा मनोरमा शेरचन, बसन्त नेम्वाङ र सीता बस्नेत छन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीसम्बन्धी छानबिन समितिकाे प्रतिवेदन संसदमा पेश (भिडियाे)

साेमबार बसेकाे संसद बैठकमा समितिका सभापति सूर्य बहादुर थापाले प्रतिवेदन पेश गरेका हुन्। बैठकमा सभापति थापाले साढे तीन महिना नपुग्दै ६६ वटा बैठक सम्पन्न गरेको जानकारी गराए।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

संघीय संसदको चालु अधिवेशन अन्त्य

राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को सिफारिसअनुसार दुवै सदनको चालु अधिवेशन सोमबार राति १२ बजेदेखि अन्त्य गरेको राष्ट्रपति कार्यालयले जनाएकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

एमाले सांसदकाेमाग- मेटमणि चाैधरीलाई देशद्राेहीकाे मुद्दा लगाइयाेस्

‘एक जना माननीयज्यू, पूर्वमन्त्रीज्यूले एक सञ्चारमाध्यममा आफ्नाे विचार राख्ने क्रममा कालापानी, लिम्पियाधुरा र लिपुलेक नेपालकाे भू-भाग हाेइन, याे भारतकाे भू-भाग हाे, भारतकाे दाबी जायज छ भन्ने विचार व्यक्त गर्नुभएकाे छ। याे संविधान विराेधी र गैरजिम्मेवारी अभिव्यक्तिप्रति खेद व्यक्त गर्न चाहन्छु, यस्ता गैरजिम्मेवारी अभिव्यक्ति दिने व्यक्तिलाई देशद्राेहीकाे मुद्दा लगाउन सभामुखज्यूलाई आग्रह गर्न चाहन्छु’, उनले भने।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

जनयुद्धलाई अपमानित गरिनु दुर्भाग्यपूर्ण छ: सांसद बस्नेत

सोमबार प्रतिनिनिधिसभाको बैठकमा बोल्दै सांसद बस्नेतले सत्तारुढ दलका प्रतिनिधिहरुबाट १० वर्षको माओवादीको नेतृत्वको जनयुद्धको सशस्त्र संर्घषलाई अपमानित हुनु आफैंमा दुखद कुरा भएको बताएका हुन्।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

माओवादीले आजकाे संसद बैठकमा अवरोध नगर्ने

आजै बसेको कार्यव्यवस्था समितिको बैठकमा माओवादीले संसद बैठक अवरोध नगर्ने जानकारी गराएकाे हो। प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूचि रहेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

सहकारी ठगीमा रवि लामिछाने दाेषी रहेकाे छानबिन समितिकाे ठहर

गाेर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक एवं पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई दाेषी ठहर गर्दै प्रतिवेदन तयार गरेकाे हाे। समितिले सहकारी ठगीमा संलग्नहरूलाई कारबाहीको सिफारिससहितको उक्त प्रतिवेदन साेमबार प्रतिनिधिसभाका सभामुखलाई बुझाउने तयारी गरेकाे छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

भरतपुर उड्न लागेकाे बुद्ध एयरको जहाजमा समस्या, ओरालियो यात्रुहरू

काठमाडौंबाट चितवनको भरतपुर उड्ने तयारीमा रहेको बुद्ध एयरको जहाजबाट यात्रु ओरालिएको छ। बुद्ध एयरको नाइन एन–एआईटी जहाज साेमबार बिहान भरतपुर उड्ने तयारीमा थियो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैं

प्रधानन्यायाधीश नियुक्ति सिफारिसका लागि संवैधानिक परिषद् बैठक बस्दै

नयाँ प्रधानन्यायाधीश नियुक्ति सिफारिस गर्न आज संवैधानिक परिषद्को बैठक बस्दैछ। बैठक साँझ ५ बजे बस्ने प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी दिएको छ।  यसअघि भदौ २८ गतेको बैठक कुनै निर्णय नगरी सकिएपछि पुनः बैठक बस्न लागेको हो।  आगामी असोज २० गतेदेखि प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ अनिवार्य अवकाशमा जाने भएपछि नयाँ प्रधानन्यायाधीशको नियुक्तिका लागि बैठक बोलाइएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन्। दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने

आजको बैठकमा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

ट्रम्पको दोस्रोपटक हत्या प्रयास: ट्रम्प सकुशल, हत्या प्रयास गर्ने रूथ पक्राउ

अमेरिकी पूर्वराष्ट्रपति उम्मेदबार डोनाल्ड ट्रम्प हत्या प्रयासबाट बचेका छन् । फ्लोरिडास्थित उनकै आफ्नो गल्फ ट्रम्प इन्टरनेशनल गल्फ क्लबमा गल्फ खेलिरहेका ट्रम्पमाथि एक व्यक्तिले एके ४७ राइफल ताकेर हत्या गर्ने प्रयास गरेको थियो ।हत्या प्रयास गर्ने व्यक्तिको परिचय रायन विल्सी रूथका रूपमा गराइएको छ।

बिएल संवाददाता

बिएल संवाददाता - वासिङ्टन डीसी

निगमले घटायो इन्धनको मूल्य

निगमको आइतबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ४ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ५ रुपैयाँ घटाएको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडाैँ

स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने सरकारकाे निर्णय

सरकारले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्ने निर्णय गरेकाे छ। आइतबार बसेको मन्त्रिपरिषद् बैठकले रिक्त रहेकाे स्थानमा मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय गरेको हो।

बिएल संवाददाता

बिएल संवाददाता - काठमाडौं

निर्वाचन आगामी ओलीकै क्षेत्रबाट लड्छु: प्रचण्ड

‘जित सत्य र न्यायको हुन्छ कि बेइमानहरुको हुन्छ भनेर हेर्नका लागि पनि झापाबाटै टक्कर दिने सोच बनाएको छु, प्रचण्डले भने, तेस्रो कार्यकालमा जनताको पक्षमा सकेजति काम गर्न सकेको कारणले जनताले हामीलाई खोजिरहेका छन्, शिक्षित झापाली जनताले हामीमाथि न्याय गर्छन भन्ने अपेक्षा पार्टीको छ।’

बिएल संवाददाता

बिएल संवाददाता - झापा