
यस वर्षभित्रै नेपाललाई सडक बालबालिकामुक्त राष्ट्र बनाउने प्रधानमन्त्रीकाे अठाेट
नेपाल बाल सङ्गठनद्वारा ६०औँ राष्ट्रिय बाल दिवसका अवसरमा शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिले पनि ठुलो सङ्ख्यामा बालबालिकाहरु बेसाहारा र अभिभावकबिहीन हुनुका साथै शिक्षा र स्वास्थ्यका अवसरबाट वञ्चित भएको अवस्थामा यस्तो स्थितिलाई बदल्न सरकारले संकल्प गरेको स्पष्ट गरेका हुन्।

बिएल संवाददाता - काठमाडाैँ