ओलीले सुनेनन् रास्वपाको कुरा, स्वर्णिम बोल्न लाग्दा उठेर हिँडे एमाले सांसदहरू
शुक्रबारको प्रतिनिधि सभा बैठकमा दलीय आधारमा रास्वपा सांसद स्वर्णिम वाग्लेले बोल्न लागेपछि प्रधानमन्त्री ओलीसहित केही एमाले सांसदहरू सदनबाट बाहिरिएका छन्। यसअघि सभामुखले बोल्न समय नदिएको भन्दै रास्वपा सांसदहरूले १५ मिनेटका लागि संसद बैठक बहिष्कार गरेका थिए। १५ मिनेटपछि उनीहरू पुनः संसद बैठकमा फर्किएका थिए।
बिएल संवाददाता - काठमाडौं