बिएल संवाददाता
शान्तिपूर्ण आन्दोलनमा सरकारले धरपकड गरेको भन्दै जेन–जी युनाइटेड समूहले आपत्ति जनाएको छ।
शनिबार पत्रकार सम्मेलन गर्दै जेन–जी युनाइटेडका अगुवाहरूले सरकारको विरोध गरेका हुन्।
जेन–जी युनाइटेडका अगुवा सागर तामाङले आफूहरूलाई सरकारले ‘युनिफिकेशन’ हुने मौका नै नदिएको बताए। सरकारले पक्राउ परेका सबै प्रदर्शनकारीहरूलाई विना शर्त तत्काल रिहा गर्न उनले माग गरे।
उनले भने, ‘हामी जेन–जीहरु आन्दोलन गर्दैगर्दा युनिफिकेशन हुनुपर्छ भन्न पनि नपाउनु? अब हुँदैन यसरी। सरकारले हाम्रा साथीहरूलाई छोड्नुपर्यो। हाम्रो मागहरू छिटो पूरा गर्नुपर्यो। हाम्रो युनिफिकेशन क्याम्पियन जहिलेसम्म पूरा हुँदैन, त्यतिबेलासम्म लागिरहने हो।’
त्यस्तै, अर्की अगुजा मन्जना राईले जेन–जीले बनाएको सरकारले जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउन चाहेको टिप्पणी गरिन्।
‘हाम्रै आँखा अगाडि हाम्रा साथीहरूलाई लछारपछार गरेर लगिएको छ। जेन–जीले बनाएको सरकार छ। जेन–जीलाई नै टुक्रा–टुक्रा बनाउनको लागि बनाइएको सरकार हो त्यो?’ उनले प्रश्न गरिन्।
आफूहरूले भोलि पनि शान्तिपूर्ण कार्यक्रम गर्ने र यदि धरपकड भएमा पर्सिबाट देशभर नै रणनीति बनाएर अगाडि बढ्ने उनीहरूको भनाइ छ।
जेन–जी आन्दोलनका घाइते भुपेन्द्र खड्काले सरकारले जेन–जीहरूको शान्तिपूर्ण कार्यक्रम र आवाजलाई दबाउन खोजेको बताए। घाइते र सहिदहरूको रगतमा उभिएर बनेको सरकारले जेन–जीमाथि नै दमन गरिरहेको उनले बताए।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया