बिएल संवाददाता
भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले शनिबार सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद भवनको स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा मन्त्री घिसिङले संसद भवन निर्माण कार्यमा देखिएका ढिलाइप्रति चिन्ता व्यक्त गर्दै निर्धारित समयमै काम सम्पन्न गर्न निर्देशन दिएका छन्।
उनले भने, ‘पुरानो संसद भवन जेन–जी आन्दोलनका क्रममा आगलागी भएर पूर्ण रूपमा ध्वस्त भएको अवस्था छ। अब निकट भविष्यमा राष्ट्रियसभा बैठक र फागुन २१ गतेपछि निर्वाचित प्रतिनिधिसभाको बैठक सञ्चालन गर्नुपर्ने भएकाले नयाँ भवन समयमै सम्पन्न गर्न अत्यावश्यक छ।’
उनले पुरानो संसद भवन पुनर्निर्माण गर्न अझै धेरै समय लाग्ने भएकाले नयाँ भवन छिट्टै सम्पन्न नगरे ठूलो असर पर्न सक्ने बताए।
उनले भने, ‘हामीले यो नयाँ संसद भवन छिटो भन्दा छिटो सम्पन्न गर्न सकेनौं भने त्यसको असर धेरै पर्ने हामीले देखेका छौं।’
मन्त्री घिसिङले निर्माण कार्य तीव्रगतिमा अघि बढाउन ठेकेदार कम्पनीहरूबीच सहकार्य र समन्वय आवश्यक रहेको बताए। उनले भने, ‘यो भवनलाई समयमै सम्पन्न गर्नका लागि सिभिल कन्ट्रयाक्टर र अन्य ठेकेदारबीच समन्वय गरी हरेक दिनको कार्यतालिका (सेड्युल) बनाउनुपर्छ। साथै, त्यसको प्रगति प्रत्येक दिन बेलुका समीक्षा गर्नुपर्छ।’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया