शेखरले देउवालाई सोधेः ओलीको मनपरी ढाकछोप गर्ने के बाध्यता आइपर्यो? (भिडियोसहित)
कांग्रेस नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीलाई जे बोले पनि छुट दिन कांग्रेसलाई के बाध्यता आइलाग्यो? भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका छन्। प्रमुख सत्ता साझेदार पार्टीले प्रधानमन्त्री र सरकारका बारेमा छलफल नगरेर एउटा व्यक्तिका बारेमा मात्रै केन्द्रीत रहेर पदाधिकारी बैठक बसेको उनले त्यसलाई हास्यास्पद पनि भनेका छन्। ‘मलाई लागेको थियो सभापतिजीको घरमा भएको बैठकमा देशको बारेमा कुरा होला, भर्खरै प्रधानमन्त्रीले १५ गते काठमाडौं कब्जा गर्न पार्टी कार्यकर्तालाई दिएको निर्देशनका बारेमा छलफल होला। तर कुरा त मेरै बारेमा मात्रै भएछ,’ कोइरालाले भने, ‘मलाई अचम्म लागेको छ। यस्तो पनि कहिँ हुन्छ?’
बिएल संवाददाता - विराटनगर