बिएल संवाददाता
प्रधानमन्त्री सुशीला कार्कीको अह्वानमा बुधबार दिउँसो ४ बजे सरकार, दलहरू र जेनजी प्रतिनिधिहरूबीच एकीकृत छलफल हुँदैछ।
त्रिपक्षीय छलफलमा राजनीतिक दलबाट १६ र जेनजी समूहबाट १४ जना प्रतिनिधिको सहभागिता हुने प्रधानमन्त्रीको कार्यालयले जनायो।
छलफलका लागि दल र जेनजी प्रतिनिधिहरू प्रधानमन्त्रीको सरकारी निवासमा भेला हुन थालेका छन्। बैठकमा राष्ट्रिय दलका दोस्रो तहका नेताहरू सहभागी हुँदैछन्।
छलफलमा सरकारका तर्फबाट प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनाललगायत रहने प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महत, नेकपा (एमाले)का तर्फबाट केन्द्रीय सदस्य महेश बर्तौला, क्षितिज थेवे, नेकपा (माओवादी केन्द्र)बाट वर्षमान पुन र माधव सापकोटा छलफलमा सहभागी हुँदैछन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र केन्द्रीय सदस्य निशा डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट महामन्त्री राजेन्द्र गुरुङ र प्रवक्ता मोहन श्रेष्ठको सहभागिता हुँदैछ।
जेनजी समूहबाट ‘इण्डिजिनिस जेनजी कलेक्टिभ’, ‘हाउ टु देश विकास’ र ‘जेनजी मुभमेन्ट एलाइन्स’का तर्फबाट १४ जना सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
बैठकमा आगामी फागुन २१ गतेका लागि निर्धारित निर्वाचनको लागि राजनीतिक प्रतिवद्धताका विषयमा छलफल हुने कार्यसूची छ।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया