बिएल संवाददाता
गृहमन्त्री ओमप्रकाश अर्यालसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता गरेका छन्।
बुधबार सिंहदरबारस्थित गृहमन्त्रीको कार्यालयमा भेटवार्ता भएको गृहमन्त्री अर्यालको सचिवालयले जनाएको छ ।
छलफलमा दुई देशबीचको द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो। अमेरिकी राजदूतले मुलुकको सुरक्षा व्यवस्थाबारे चासो राखेका छन्।
गृहमन्त्री अर्यालले वर्तमान सुरक्षा अवस्था दिन प्रतिदिन सुधार हुँदै गएको जानकारी गराएका छन्।
अमेरिकी राजदूतले पनि देशमा शान्ति, सुरक्षा कायम गर्न गृहमन्त्रालय र मातहतका नेपाल प्रहरी र सशस्त्र प्रहरीको भूमिकाको प्रशंसा गरेको उनको सचिवालयले जनाएको छ।
अमेरिकी राजदूतले एमसीसी परियोजनाबारे पनि चासो व्यक्त गरेको उनको सचिवालयले जनाएको छ।
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
प्रतिक्रिया