
बिएल संवाददाता
अमेरिकाका मुख्यमुख्य सहरहरूमा ‘ट्रम्प विरोधी’ आन्दोलन चर्किएको छ। एकैदिन ७० लाखभन्दा धेरै मानिसहरू राष्ट्रपति डोनाल्ड ट्रम्पका नीतिहरूविरुद्ध आन्दोलनमा सहभागी भएका छन्।
कैयौं सहरमा प्रहरी र आन्दोलनकारीबीच झडपहरू पनि भएका छन्। जसमा सुरक्षाकर्मीहरूले आन्दोलनकारीमाथि, अश्रुग्याँस र पानीका फोहरा प्रहार गरेका देखिन्छन्।
न्यूयोर्क, वासिङ्गटन, शिकागो, मियामी, लस एन्जलसलगायतका सहरमा मानिसहरूले ‘नो किङ्ग’ अर्थात् ‘राजा होइन लोकतन्त्र चाहिन्छ’, ‘संविधान कसैको इच्छामा चल्दैन’ भन्नेजस्ता ट्रम्पविरोधी नाराहरू लगाएका छन्।
‘नो किङ्ग इभेन्ट्स’ नामको समूहले यो आन्दोलनलाई देशैभरि फैलाउन मदत गरिरहेको छ। त्यसअघि ट्रम्पले यसलाई ‘अमेरिका विरोधी’ आन्दोलन भन्दै शान्ति र राष्ट्रिय सुरक्षाका निम्ति सुरक्षाकर्मीहरूलाई निर्देशन दिएका थिए।
खासगरी आप्रवासीका हकमा निकै ‘निर्मम’ देखिएका ट्रम्पले दोस्रोपटक सत्तामा आएसँगै त्यसलाई अझ सशक्त बनाउन कैयौं कार्यकारी आदेशहरू जारी गरेका छन्। संघीय सरकार विभिन्न महत्वपूर्ण निकायहरू विघटन गरेर उनले प्रमुख सहरहरूमा राष्ट्रिय सुरक्षा बल पनि तैनाथ गरेका छन्। त्यसबाट राज्यका गभर्नर र ट्रम्पको संघीय सरकारबीच कैयौं दरारहरू उत्पन्न भएका छन्।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया