कपिलवस्तुमा दुई खरिदार घुससहित रंगेहात पक्राउ

फाइल तस्बिर

जग्गा नामसारी भन्दै सेवाग्राहीसँग घुस रकम लिने दुईजना खरिदारलाई अख्तियारको टोलीले कपिलवस्तुबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा भूमि सुधार तथा मालपोत कार्यालयमा कार्यरत खरिदार सूर्यप्रसाद मिश्र र खरिदार दुर्गाप्रसाद चौधरी रहेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले उनिहरुलार्ई बुधबार दिउँसो कार्यालय परिसारबाट ६ हजार नगदसहित रंगेहात नियन्त्रणमा लिएको हो ।

अख्तियार बुटवलका प्रवक्ता शुरेस भुसालले दुवै जनालाई बुटवल कार्यालयमा ल्याएर बयान लिन शुरु गरिएको जनाकारी दिए । उनीहरुले सेवाग्राहीसँग मोही जग्गा नामसारी गरिदिने भन्दै रकम माग गरेका थिए ।

 

प्रकाशित मिति: : 2019-10-16 20:50:50

प्रतिकृया दिनुहोस्