काठमाडौं।त्रिभुवन विश्वविद्यालयको २१ अर्ब बेरुजु देखिएको छ। त्रिविको बजेटभन्दा बढी बेरुजु रकम देखिएको हो।महालेखा परीक्षकको ५६औं प्रतिवेदनमा २१ अर्ब बेरुजु देखिएपछि त्रिविले १ सय ३१वटै एकाइमा आन्तरिक लेखा परीक्षण शुरू गरेको छ।
त्रिविले हालसम्म पश्चिम क्षेत्रका सम्पूर्ण क्याम्पस र एकाइ तथा उपत्यका र केन्द्रमा रहेका अधिकांश विभाग, डीन कार्यालय, संकाय, अध्ययन संस्थानको आन्तरिक लेखा परीक्षण गरिसकेको जनाएको छ।