महानगरीय प्रहरी बृत्त महाराजगञ्जले ४ किलो अवैध लागुऔषध चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जाजरकोट जिल्ला नलगाढ नगरपालिका १ घर भइ हाल चन्द्रागिरी नगरपालिका थानकोट बस्ने भुवन बुढामगर र नलगाढ नगरपालिका ३ घर भई थानकोट बस्ने नवीन प्रकाश पुन रहेका छन् ।
महाराजगञ्ज वृत्तका प्रहरी नायवबउपरीक्षक उमेश लम्सालकाअनुसार उनिहरुलाई चेकजाँचको क्रममा गोगंबुबाट पक्राउ गरिएको हो
पक्राउ गरिएका दुवैलाई थप अनुसन्धान गरि लागुऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाईने उनले बताए ।