राप्रपाद्वारा शिव सेनाका अध्यक्ष अनिल बस्नेतको रिहाइको माग

शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले इन्द्रजात्रा पर्वमा विरोध प्रदर्शन गर्दा पक्राउ परेका शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलगायतको रिहाइको माग गरेको छ ।

राप्रपा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले आज(बुधबार) एक विज्ञप्तिमा जारी गर्दै बस्नेतलगायतको रिहाइको माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, ‘हिरासतमा रहेका बस्नेत लगायतका विरोध प्रदर्शनकारीलाई तत्काल रिहा गर्न सरकारसँग माग गर्दछ ।’

 संविधानको रक्षा गर्न बसेको सरकार आफैंले नागरिकको संवैधानिक अधिकार हनन गरेको राप्रपाको आरोप छ । इन्द्रजात्रामा सहभागी हुन आउँदा राष्ट्रपतिलाई कालो झण्डा देखाउन लागेको भन्दै प्रहरीले बसन्तपुर र न्यूरोडबाट विभिन्न व्यक्तिहरूलाई पक्राउ गरेको थियो ।

प्रकाशित मिति: : 2019-09-18 12:12:05

प्रतिकृया दिनुहोस्