रवि लामिछानेका वकिल नै अदालतमा अनुपस्थित, असोज २ गतेलाई सर्यो पेसी

रवि र उनका पूर्वसहकर्मी स्वर्गीय शालिकराम, बीचमा रविका कानून व्यवसायी पूर्व महान्यायाधिवक्ता सुशील पन्त । एक प्रतिकात्मक तस्बिर : ब्रेक एन लिंक्स ग्राफिक्स

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरूत्साहनका आरोपी सिधा कुरा जनतासँग फेमका सञ्चारकर्मी रवि लामिछानेसँग सम्बन्धित सबै मुद्दाको सुनुवाई असोज २ गते हुने भएको छ । 

भदौ २६ गते तोकिएको पेसी रवि लामिछानेकै कानून व्यवसायी सुशीलकुमार पन्त अनुपस्थित भएका कारणले असोज २ गते सरेको हो । पन्तले आफु उपस्थित हुन नसक्ने भएकाले पेशी स्थगित गर्न दिएको निवेदनको आधारमा न्यायाधीयद्वय चण्डीराज ढकाल र महेन्द्रनाथ उपाध्यायको इजलासको बेञ्चले पेशी सार्ने आदेश दिएको हो । 

पुडासैनी आत्महत्या प्रकरणमा चितवन जिल्ला अदालतले गरेको प्रारम्भिक निर्णयलाई लिएर अहिले उच्च अदालत पाटनको हेटौंडा इजलासमा तीनवटा मुद्दा छन् । धरौटीमा रिहा भएका लामिछाने, पत्रकार युवराज कँडेलले धरौटी नलिइ सामान्य तारिकमा रहेर मुद्दा लड्न पाउनुपर्ने माग गर्दै निवेदन दिएका छन् भने सरकारी वकिल कार्यालयले उनीहरूलाई थुनामा राखेर नै मुद्दा अगाडि बढाउनुपर्ने माग गरेको छ । 

यो पनि हेर्नुहोस् 
दाईजोको निहुँमा कुटपिट

यी दुई परस्परविराोधी मागसहितका निवेदन र चितवन जिल्ला अदालतको प्रतिवेदनमाथि एकसाथ सुनुवाइ गर्न न्यायाधीश टेकराज नेपालको एकल इजलासले भदौ २६ गतेको म्याद तोकेको थियो । 

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको लागि दुरुत्साहन गरेको अभियोगमा जिल्ला अदालत चितवनले लामिछानेलाई ५ लाख, कँडेललाई ३ लाख रुपैयाँ धरौटीमा र रूकुलाई सामान्य तारिखमा छाड्न आदेश दिएको थियो । अहिले उनीहरू त्यही आधारमा मुद्दा लडिरहेका छन् ।  

प्रकाशित मिति: : 2019-09-15 01:31:15

प्रतिकृया दिनुहोस्