क्यारेवियन प्रिमियर लिग सिपीएलको आफ्नो पहिलो खेलमा नेपाली खेलाडी सन्दिप लामिछानेले १ ओभर मात्र बलिङ गर्न मौका पाए।
यो सँगै टिम र्बाबाडोस ट्रिडेन्समा आवद्ध सन्दीपले पहिलो खेलमै हार ब्यहोरेको छ। सोमबार बिहान भएको खेलमा बार्बाडोस गुयना एमेजोनसँग ४७ रनले पराजित भएको हो।
टस हारेर ब्याटिङको निम्तो पाएको गुएनाले २० ओभरमा चार विकेट गुमाउदै एक सय ८० रन बनाएको थियो । उसका लागि हेमराजले ६३ रन बनाउँदा निकोलस पुरनले ६१ तथा रुथरफोर्डले ३२ रन बनाए।
यो सिजनको सिपीएलको पहिलो खेलमा बार्बाडोसको प्लेइङ सेटमा नै परेका सन्दिपले एक ओभरमा मात्र ५ रन दिएका थिए। उनले निकै कसिलो बलिङ गर्दै एक ओभरमा ५ रन मा दिन सफल भएका थिए।
उनले पहिलो र दोस्रो बल डट फालेका थिए भने तेस्रो बलमा हेमराजले चौका प्रहार गरेका थिए। चौथो बल डट फालेका उनले पाँचौ बलमा एक रन खर्चिए। तर, ओभरको अन्त्यमा डट फाल्दै सिजनको दोस्रो विदेशी लिगमा राम्रो सुरूवात गरे।
यद्यपी उनले पहिलो खेलमा मात्र एक ओभर गर्न पाए। टिमको छैठौं ओभर गरेका सन्दिप त्यसपछि बलिङमा उत्रिएनन्। फिल्डिङका क्रममा उनलाई समस्या भएको थियो। जसका कारण उनले एक ओभरमात्र बलिङ गरेका हुन्। तर, उनको समस्या कस्तो भन्ने एकिन भएको छैन।
टिमका लागि रोसन प्रिमसले २ तथा राइमोन रेफरले र जासोन होल्डरले समान १-१ विकेट लिए।
जवाफमा सन्दिपको टिम र्बाबाडोस १६ ओभर एक बलमा एक सय ३३ रनमा अलआउट भयो। बलिङ पनि पुरै ओभर गर्न नपाएका सन्दिपले ब्याटिङमा दुई बल फेस गर्दा शून्य रनमा नै आउट भए। उसका लागि एस्ले नर्सले ४० रन बनाउँदा जेपी डुमिनीले २० तथा जोनसन चाल्र्सले १९ रनको योगदान गरेपछि बाँकि खेलाडी सस्तैमा आउट भए।
र्बाबाडोसलाई सस्तैमा रोक्न रोमारीया सेफर्डल चार विकेट लिए। यस्तै सदाब खानले २ विकेट हात पारे।
यो जितसँगै गुयना एमेजोन वारियर्सले लगातार तेस्रो जित निकाल्दै शीर्ष स्थानमा पुगेको छ। सन्दीपको टोली बार्बाडोस पुछारमा छ।