डिभी लट्रीका लागि नयाँ नियम : सुरूमै चाहिने भयो पासपोर्ट

डीभी लट्रीलाई थप महंगो र झन्झटिलो । एक प्रतिकात्मक तस्बिर

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले डाईभर्सिटी (डिभी) भिसामा यस वर्षदेखि एउटा नयाँ व्यवधान खडा गरिदिएका छन् ।

ट्रम्प प्रशासनले जारी गरेको सूचनाअनुसार अब डीभी भर्नै बेलामै राहदानी (पासपोर्ट) हुनु अनिवार्य बनाइएको छ। अर्थात् मान्यताप्राप्त पासपोर्ट नभएको व्यक्तिले अब डीभी नै भर्न पाउँने छैन ।

यो नयाँ नियमले नेपाललगायत अन्य डिभी भिसाको लागि योग्य देशका नागरिकलाई डिभी बाट ग्रीन कार्ड पाउन अरू कठिन हुने देखिन्छ । 

डीभी भर्न नै पासपोर्ट चाहिने भएपछि डीभी भर्न झन्झटिलो मात्र महंगो पनि हुने भएको छ ।

यसैबीच आप्रवासी अधिकारका लागि लडाईं लडिरहेको न्युयोर्कस्थित नेपाली संस्था अधिकारले यसलाई जातिवादी भेदभाव भन्दै यो निर्णयका विरूद्ध मुद्दा हाल्ने तयारी गरेको छ ।

नयाँ नियमविरुद्ध अन्य साझेदार संस्थाहरुसंग मिलेर काम गर्ने प्रयास गरि रहेको बताउँदै अधकारले मुद्दा हाल्नका लागि वादीको खोजी गरिरहेको जनाएको छ । उसका लागि नेपालमै बस्ने नेपाली नागरिक, डिभी लोटरीको लागि पहिले निवेदन हालेको र यो वर्ष पनि हाल्ने विचार भएको  र मान्यता भएको राहदानी नभएको वादी चाहिएको छ ।

प्रकाशित मिति: : 2019-09-08 05:32:36

प्रतिकृया दिनुहोस्