एसेस शृंखला अन्तर्गत तेस्रो टेस्टमा घरेलु टोली इंग्ल्याण्डले रोमाञ्चक जित निकालेको छ।
जितसँगै ५ टेस्ट सिरिज १–१ को बराबरी भएको छ। पहिलो टेस्ट अस्ट्रेलियाले जितेको थियो भने दोस्रो टेस्ट ड्र भएको थियो।
लिड्समा खेलिएको तेस्रो टेस्ट निकै नै रोमाञ्चक बन्यो। पहिलो पारिमा १७९ रनमा समेटिएको अस्ट्रेलियाले इंग्ल्याण्डलाई ६७ रनमा अल आउट गर्दै दोस्रो पारि शुरू गरेको थियो।
दोस्रो पारिमा अष्ट्रेलियाले २४६ रन बनाएसँगै इंग्ल्याण्डले ३५९ रनको लक्ष्य पाएको थियो। जसमा इंग्ल्याण्डका बेन स्टोक्सले शतकीय पारि खेल्दै हारि सकेको इंग्ल्याण्डलाई जिताउन सफल भए।
२ सय बलमा शतक बनाएका स्टोक्सले समग्रमा २१९ बल खेल्दै ११ चौका र ८ छक्काको मद्दतले १३५ रनमा नटआउट रहे।
अन्तिम विकेटको रुपमा क्रिजमा आएका ज्याक लिचले क्रिजमा स्टोक्सलाई दरिलो साथ दिएका थिए। उनले जम्मा १ रन मात्रै बनाए। त्यो पनि जित्नका लागि २ रन चाहिएका बेला स्टोक्सलाई स्ट्राइक दिएका थिए।
तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले ३ विकेट गुमाएर १५६ रन बनाएको थियो। इंग्ल्याण्डलाई खेल जित्नका लागि २०३ रन बनाउनु थियो भने अस्ट्रेलियालाई जित्न ७ विकेट आवश्यक थियो।
तेस्रो दिनको खेल सकिँदा इंग्ल्याण्डले ३ विकेट गुमाएर १५६ रन बनाएको छ। चौथो दिनको खेल त्यही स्कोरबाट शु रुहुँदा क्रिजमा अघिल्लो दिन डटेर बसेका जो रुट चाँडै आउट भएपछि इंग्ल्याण्डको टिम दबावमा आएको थियो ।
जो रुट टिमको स्कोर बोर्डमा ३ रन थप भएर १५९ रन हुँदा चौथो विकेटको रुपमा आउट भएका थिए। त्यसपछि जोनी बेयरस्टो र बेन स्टोक्सले ८६ रनको साझेदारी गर्दै इंग्ल्याण्डको जित्ने आशा जगाएका थिए। तर, बेरिस्टो ३६ रन बनाएर आउट भएका थिए।
त्यसपछि क्रिजमा आएका जोफ्रा आर्चरले स्टोक्ससँग २५ रनको साझेदारी गरेका थिए। आर्चर १५ रन बनाएर आउट भए। स्टुआर्ड वोर्डले खाता नै नखोली पेभेलियन फर्किए ।
अन्तिम विकेटको रुपमा ज्याक लिच र बेन स्टोक्सले अन्तिम विकेटको रुपमा ७६ रनको साझेदारी गर्दै अस्ट्रेलियाले दिएको ३५९ को लक्ष्य पुरा गर्न इंग्ल्याण्ड सफल भयो।
अस्ट्रेलियाका जोस हेजलबुडले सर्वाधिक ४ विकेट हात पारे।
यो सँगै एसेजको १४१ वर्षमा नयाँ इतिहास पनि बनाएको छ। अहिलेसम्म ३५० रन भन्दा माथि चेस नभएकोमा स्टोक्सको सानदार पारिले त्यो पनि सम्भव भएको हो।