इटालीको शीर्ष डिभिजन फुटबलको नयाँ सिजन शनिबारदेखि सुरु भएको छ। सिजनको पहिलो खेलमा साविक विजेता युभेन्टसले विजयी सुरूआत गरेको छ।
शनिबार भएको सिजनको पहिलो खेलमा पर्मालाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गर्दै युभेन्ट्सले सुखद सुरुवात गरेको हो ।
युभेन्ट्सको साँघुरो जितमा जर्जियो चिलीनीले निर्णायक गोल गरे । खेलको २१ औं मिनेटमा चिलीनीले गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए।
उनले एलेक्स सान्द्रोको पासमा गोल गरेका हुन्।
घरेलु टोलीविरुद्ध स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले गोल गरे पनि गोलको मान्यता नपाउँदा युभेन्ट्स अग्रता दोब्बर बनाउनुबाट चुकेको थियो। रोनाल्डोको गोललाई रेफ्रीले अफसाइड दिएको थियो ।
यस्तै बल पोजिसनमा पकड जमाएपनि युभेन्ट्सले घरेलु टोलीविरुद्ध थप गोल गर्न भने सकेन र झिनो अन्तरको जित निकाल्यो।
क्रिष्टियानो रोनाल्डो प्रेरित टिम युभेन्टसले गत सिजन लगातार आठौंपल्ट सिरी ए को उपाधि उचालेको थियो। पार्माले भने गत सिजन १४ औं स्थानमा रहेर लिग सकाएको थियो।