फिफा वर्ष खेलाडीको मनोनयनमा यसपालि पनि रोनाल्डो र मेसी

तस्बिरः एजेन्सी

फिफा वर्ष खेलाडीको सूचिमा यस वर्षपनि युभेन्ट्सका क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका लिओनल मेसीको नाम सार्वजनिक भएको छ। पुरस्कारको सूचिमा यसपालि लिभरपुलका तीन खेलाडीको नाम समावेश छ।

यी खेलाडीहरू साडियो माने, मोहम्मद सलाह र भर्जिल वेन डाइक हुन्। पुरस्कार २३ डिसेम्बरमा इटलीको मिलान शहरमा आयोजना हुनेछ।

मेसी र रोनाल्डोबाहेक पिएसजी क्लबका कालियान एमबापे, टोटेनहमका हेरी केन, बेल्जियमका इडेन हजार्ड र डच खेलाडी फ्रेङ्की डी जोङ पनि पुरस्कारको मनोनयनमा समावेश छन्।

प्रशिक्षकमा जोर्गन क्लोप, पेप ग्वार्डिओला, मारिसियो पोचेटिनो, टिटे र जमेल बेल्मादीको नाम समावेश छ।

तर म्यानचेष्टर सिटीलाई प्रिमियर लिग जिताएका कुनै खेलाडीले फिफाको शीर्ष १० खेलाडीमा स्थान बनाउन सकेनन् । च्याम्पियन्स लिगमा लिभरपुललाई उपाधि जिताएका माने र सलाहाले बर्ष खेलाडीको मनोनयनमा आफुलाई पार्न सफल भएका छन् ।

वालेन डी ओर पाएका लुका मोड्रिचलाई समेत फिफाले शीर्ष १० खेलाडीको सुचिमा राखेन । क्लब फुटबलका सर्वाधिक महङ्गा खेलाडी नेयमार समेत पुरुष बर्ष खेलाडीको प्रारम्भिक मनोनयनमा अटाएनन्।

फिफाको वेस्ट बर्ष खेलाडी र बर्षको बेस्ट कोचको छनौट फिफामा आवद्ध सबै देशका राष्ट्रिय कोच र कप्तान तथा क्षेत्रीय प्रतिनिधित्व हुनेगरी छनौट भएका एक विशेषज्ञ पत्रकार तथा फिफा डट कममा विश्वभरका फुटबल फ्यानहरुले मतदान गरेर छनौट गरिने फिफाले जनाएको छ । 

फिफाले जुलाई ३१ देखि अगष्ट १९ सम्म मतदान हुने जानकारी दिएको छ । फिफाका अनुसार सेप्टेम्बर २३, २०१९ मा मिलानमा आयोजना हुने कार्यक्रममा अवार्ड वितरण गरिने छ । 

 

 

प्रकाशित मिति: : 2019-08-02 08:16:00

प्रतिकृया दिनुहोस्