भवन भट्टद्वारा पुनः गैर आवासीय नेपाली संघको अध्यक्षमा उम्मेदवारी दिने घोषणा

गैर-आवासीय नेपाली संघ (एनआरएन-ए)

भवन भट्टले गैर-आवासीय नेपाली संघ (एनआरएन-ए) मा आगामी कार्यकालका लागि पनि अध्यक्षमाउम्मेदवारी दिने घोषणा गरेका छन्।

जापानमा बसोबास गर्ने भट्टले बुधबार उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका हुन्। सन् २०११ मा एनआरनको कोषाध्यक्ष बनेकाभट्ट सन् २०१३ मा उपाध्यक्ष बनेका थिए।

सन्  २०१७ मा शेष घलेकी श्रीमती जमुना गुरूङ्लाई हराउँदै वर्तमान कार्यकालको नेतृत्वमामा छन्। एनआरएन अध्यक्षको कार्यकाल दुई वर्षको हुनेगर्छ।

बुधबार फेसबुक लाईभमार्फत आफ्नो उम्मेदवारी घोषणा गर्दै भट्टले गैर आवसीय नेपालीले दिएको जिम्मेवारीको जोडघटाउ गरिरहन नसक्ने बताउँदै उनले आफ्नो कार्यकालमा सम्पन्न भएका विभिन्न कामहरूको चर्चा गरेका थिए।

उनले नेपालमा एनआरएन-एको केन्द्रीय कार्यालय भवन निर्माण, शंखमूल घाट उद्यानको काम, एकीकृत लाप्राक बस्ती निर्माण, पहिलो बौद्धिक सम्मेलन, लगानी सम्मेलनको भव्यताका साथ सम्पन्न गर्ने काम गरेको उल्लेख गरेका थिए।

आफ्नो २ वर्षको कार्यकाल दुई घण्टा जसरी बितेको भन्दै नयाँ कार्यकालका लागि उनले उम्मेदवारी दिन लागेको दाबी गरे।

प्रकाशित मिति: : 2019-07-25 08:23:06

प्रतिकृया दिनुहोस्