सिंगापुरमा जारी आईसिसि टी २० विश्वकप छनोट एसिया फाइनल अन्तर्गत कतारविरूद्ध नेपालले पहिलो विकेट गुमाएको छ।
इन्डियन एसोसिएसन मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पावर प्लेको अन्तिम बलमा कप्तान पारस खड्कालाई गुमाएको हो।
खड्काले १७ बलमा ४ चौका र एक छक्कासहित २८ रन बनाएर आउट भए।