जुम्ला । २०४० सालमा स्थापित विद्युतगृहका टर्वाइन जीर्ण बन्दै गएका कारण विद्युत उत्पादनमा गिरावट आएको थियो।
सुरूमा दुई सय किलोवाट विद्युत उत्पादन भएपनि पछिल्लो समय असी किलोवाट मात्र विद्युत उत्पादन भइरहेको थियो। परिणाम जुम्ला खलंगाबासीले दुई दिन बिराएर तेस्रो दिनमा मात्र बिजुली बाल्न पाइरहेका थिए। तर, शनिबारदेखि तेस्रो दिनमा मात्र देखिने बिजुली पनि अनिश्चित भएको छ।
जुम्ला सदरमुकामले खेप्दै आएको विद्युत समस्यालाई समाधान गर्न दुई वटा नयाँ मेसिन जडान गर्ने गरि २ करोड ६३ लाख ७७ हजार सहयोग गर्ने घोषणा गरेको थियो।
त्यसमा जिल्ला समन्व समितिले ५४ लाख २२ हजार थपेपछि भारतमा निर्माण गरिएका दुई वटा टर्वाइन जुम्ला ल्याइएको थियो। डिजिटल प्रक्रियामा चल्ने भनिएका दुबै टर्बाईनले काम नगरेपछि जुम्लाबासी अनिश्चितकालिन अध्याँरोमा बस्न बाध्य भएका हुन।
सुरुमा नेपाल विद्युत प्राधिकरण आफैंले चलाएको विद्युत साना जल विद्युत उपभोक्ता समितिले लिजमा लिएर चलाएको थियो। भारतीय दुताबास धाएर मर्मत गरि पूर्ण क्षमतामा चलाउन खोज्दा उल्टै अँध्यारोति धकेलिन परेको उपभोक्ता समितिका अध्यक्ष बिष्णु बुढ्थापाले बचाए।
'विद्युत मर्मत हुनु अगाबै मेसो बिग्रिसकेको थियो। पुरानो टर्वाईन हुदा लोडसेडिङ भएपनि स्थानीयले बिजुली बाल्न पाइरहेका थिए।' उनले भने 'विद्युत मर्मत पछि झनै अनियमित बन्यो। एउटा मेसिनको जेनेटरको तारा चुडिएको छ। अर्को मेसिनको बेयरिङ जाम भएको छ। ठेकेदार कम्पनीले बदमासी गरिरहेको छ।'
१८ महिनाको समय अवधसमा बनिसक्ने तोकिएको भएपनि तीन वर्षसम्म भईसक्दा पनि बन्न सकिरहेको छैन। २२ हजार उपभोक्ता भएको विद्युत नियमित हुन नसक्दा बिजुलीको समस्या त छ नै यहाँ खोलिएका उद्योग, कलकारखानाको उत्पादन समेत प्रधावित भएको छ। सरकारी तथा गैरसरकारी कार्यालयमा विद्युत मार्फतबाट चल्ने सबै उपकरण थन्किएका छन्।
सामान्यतया टेन्डर आवह्वान गर्दा घटेर काम गर्न तयार हुने कम्पनीलाई दिने चलन छ। तर जुम्लाको विद्युत मर्मतको जिम्मा बढेर टेन्डर हाल्ने कम्पनीलाई दिइएको थियो। मेसो यसैबाट बिग्रिएको बुढथापा स्वीकार्छन्। परिणाम ४५ लाख उपभोक्ता समितिले बेहोर्नु पर्यो।
'हाल ठेकेदार कम्पनीले एक रोड ८६ लाख ६५ हजार ३ सय ४० रुपैया भुक्तानी लिईसकेको छ। तर काम पूरा भएको छैन।' जिल्ला समन्वय समितिका उपप्रमुख कार्मा बुढा भन्छन् 'कम्पनीले इज्जतका लागि भएपनि काम गर्ने आश्वासन दिएको छ। हाल आएर ठेक्का तोडौं भने उल्टो विद्युत बल्ने अनिश्चित छ।'
जतिसक्दो चाँडो बिजुली बाल्नको लागि समन्वय समितिले ठेकेदारलाई ताकेता लागाई संकट समाधानका गरोस भन्ने स्थानीयको मान्यता छ। तर बत्ती बल्ने नबल्ने कुनै निश्चित हुन सकेको छैन।