बाढी पहिरोबाट ज्यान गुमाएकाका परिवारलाई ३ लाख दिने प्रदेश २ सरकारको निर्णय

तस्बिरः एजेन्सी

जनकपुर । बाढीबाट अति प्रभावित प्रदेश नम्बर २ सरकारले आफ्नो प्रदेशमा बाढी पहिरोबाट ज्यान ज्यान गुमाएकाका परिवारलाई क्षतिपूर्ति स्वरूप ३/३लाख दिने निर्णय गरेको छ ।

शनिबार बसेको प्रदेश नं २ सरकारको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले प्रदेश २ का प्रभावित जिल्लामा तत्काल १०–१०लाख रुपैया निकासा गरी त्रिपाल, खाना लगायत समाग्री उपलब्ध गराउने  निर्णय गरेको छ। 

यस्तै  बैठकले हेलिकप्टर, सेना, प्रहरी  ,सशस्त्र प्रहरी लगायतलाई उद्दार  र राहत कार्यमा जुटाउनका लागि संघ सरकारलाई आग्रह समेत गरेको छ।

प्रकाशित मिति: : 2019-07-13 13:05:26

प्रतिकृया दिनुहोस्