नेपालका नदीमा बढ्दैछ अस्वभाविक पानी : सतर्क रहन चेतावनी

होसियार, नदीको पानी बढ्दैछ ... कुनै पनि बेला खतरा आइलाग्न सक्छ । तस्बिर : मौसम पूर्वानुमान महाशाखाको सहयोगमा ब्रेक एन लिक्स ग्राफिक्स ।

नेपालमा मनसुन सक्रिय रहेकाले अझै भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घन्टाका लागि चेतावनी तथा परामर्शसम्बन्धी विज्ञप्ति जारी गर्दै मनसुन अति सक्रिय भएकाले देशका अधिकांश भेगमा बदली रही वर्षा हुने जनाएको हो । खासगरी पूर्वी र मध्यमा एक–दुई दिन भारी वर्षा हुने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । देशभर हवाई तथा सडक यातायातमा समेत अवरोध आउन सक्ने भएकाले उच्च सतर्क रहन पनि अनुरोध गरिएको छ । 

पूर्वी र मध्य क्षेत्रका केही स्थानमा भारी वर्षा हुने र पूर्वी क्षेत्रका तराई र मध्यपहाडका थोरै ठाउँहरूमा अति भारी वर्षासमेत हुने भएकाले पूर्वी र मध्य क्षेत्रका पहाडी भू–भागमा पहिरो जान सक्ने र पूर्वी र मध्यतराई क्षेत्रका नदीहरूमा जलको बहाव, स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

निरन्तरको वर्षाले देशका मुख्य नदीतटीय क्षेत्रमा पानीको बहावको खतरा बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बाढी पूर्वानुमानसम्बन्धी विशेष सूचना निकालेर बागमती, कमला, कन्काई र कोसी नदीमा पानीको बहाव बढ्दो रहेकाले आसपासका बस्ती तथा क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको हो ।

शुक्रबार बागमती नदीको तराई क्षेत्रमा बहाव खतरा माथि बढ्दो रहेको छ । कमला र कन्काईमा बहाव सतर्कता तहनजिक पुगेको छ । कोसी नदीमा बहाव सतर्कता तह नजिक पुगेको छ । प्रदेश नं. १, २ र ३ का सबै चुरे खोलाहरूमा बहाव सतर्कतामाथि र उच्च खतरा रहेको तथा भोलिसम्मै कामय रहने भएकाले सबै शक्ति प्रतिकार्यमा लगाउन आग्रह गरिएको छ ।

प्रकाशित मिति: : 2019-07-13 03:32:33

प्रतिकृया दिनुहोस्