काठमाडौं । मलेसियामा सम्पन्न एसीसी यू–१९ इस्टर्न रिजनमा च्याम्पियन बनेको नेपाली टोली स्वदेश फर्किएका छन्।
हङकङलाई हराउँदै एसीसी यू–१९ इस्टर्न रिजन0 च्याम्पियन बनेर एसीसी यू–१९ एसिया कपमा स्थान बनाउन सफल नेपाली टिम बुधबार बेलुका काठमाडौं आइपुगेको हो।
नेपाली टिमलाई राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवालले त्रिभुवन विमानस्थलमा पुगेर स्वागत गरेका थिए ।
टोलीका कप्तान रोहित कुमार पौडेल र अर्का नियमित खेलाडी पवन सर्राफ सिनियर टिमसँग जोडिएसँगै उनीहरू स्वदेश फर्किएनन्।
सिनियर टिमले मलेसियासँग दुई वटा टी–२० खेल खेल्दैछ।