भोजपुर । भोजपुरमा बुधबार बिहान भएको विप्लव समूहका कार्यकर्ता र प्रहरीबीचको गोली हानाहानमा २ जनाको मृत्यु भएको छ।
सदरमुकामस्थित शनिबारे हाट लाग्ने ठाउँमा भएको भिडन्तमा परी प्रहरी जवान सञ्जिव राई र विप्लव कार्यकर्ता निरकुमार राईको मृत्यु भएको भोजपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले जानकारी दिए।
भिडन्तमा मृत्यु हुने राई माओवादीका ओलखढुगां जिल्ला इन्चार्ज हुन्।
बुधबार बिहान करिब साढे ८ बजे भएको भीडन्त पछि प्रहरीले माओबादीको साथबाट एक थान पेस्तोल र गोलीहरु बरामद गरेको प्रहरी प्रधान कार्यालयका एसपी रमेश थापाले जानकारी दिए।
घटनाबारे थप विवरण आउन बाँकि छ।