गगन थापा अमेरिकी राजदूताबासका 'मुख्य सम्पर्क सूत्र'

File Photo
File Photo

नेपालका सेलिब्रेटी नेता गगन थापा विवादमा तानिएका छन्। उनलाई विवादमा तान्ने काम गरेको छ- नेपालस्थित अमेरिकी राजदूताबासको एउटा पुरानो प्रतिवेदनले। 

सन् २००८ मा 'Nepal: Countdown continue: 38 days till CA Elections' शीर्षकमा तयार पारिएको प्रतिवेदनमा गगन थापालाई  'Key Embassy Contact' भनिएको छ। यसको अर्थ हुन्छ- 'दूताबासका मुख्य सम्पर्क सूत्र'।

यो प्रतिवेदन अमेरिकी दूताबासका तत्कालिन डिपुटी चिफ अफ मिसन र्याण्डी बेरीले तयार पारेका हुन्। उनी अहिले नेपालका लागि अमेरिकी राजदूत छन्।

गगन थापालाई नेपाली कांग्रेसको मूख्य सम्पर्क सूत्रका रूपमा प्रयोग गरेर नेपालमा पहिलो संविधानसभाको चुनाव हुनुभन्दा पहिला तयार पारिएको प्रतिवेदनमा नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउने नसक्ने उल्लेख गरिएको छ। उनले नेपाली कांग्रेसले प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला बूढो र कमजोर भएकाले चुनावी सभालाई सम्बोधन गर्न नसक्ने र विद्यार्थी संगठनको पार्टीप्रति मोहभंग भएकाले नेपाली कांग्रेसले राम्रो नतिजा ल्याउने नसक्ने बताएको प्रतिवेदनमा उल्लेख छ। 

प्रतिवेदनमा थापालाई उदृत गर्दै नेपाली कांग्रेसले मधेसीलाई धेरै नै अधिकार दिएको भनेर तराईमा रहेका पहाडीमूलका मानिस असन्तुष्ट रहेकोले उनीहरूले नेकपा एमालेलाई भोट दिन सक्ने उल्लेख गरिएको छ।

प्रतिवेदनमा नेपाली कांग्रेसको अवस्था कमजोर भएकाले संविधानसभाको निर्वाचन टार्न हतकण्डा अपनाउन सक्ने उल्लेख गरिएको छ। थापाका अनुसार, मधेसी जनाधिकार फोरमले समानुपातिक चुनावको लागि सूची दर्ता गराइ सकेपछि चुनाव टार्ने त्यति सजिलो नभएको उल्लेख गरिएको छ।

गगन थापा अमेरिकी राजदूताबासका 'की एम्बेसी कन्ट्याक्ट'। तस्बिर सौजन्य : नेपालस्थित अमेरिकी दूतावास।

प्रकाशित मिति: : 2019-07-10 03:01:00

प्रतिकृया दिनुहोस्