ओली दाहिना र आङछिरिङकी भतिजी भएपछि 'राजदूत' हुन के चाहिँदो रहेछ र ?

स्पेनका लागि नेपाली राजदूत महामहिम दावाफुटी शेर्पा । आङछिरिङकी भतिजी भएपछि के चाहियो र ? तस्बिर : फाइल तस्बिर ।

नेपालमा ओली दाहिना भएपछि बाँकि केही नै चाहिदैन भन्ने एउटा ताजा दृष्टान्त हो- स्पेनका लागि नेपाली राजदूतमा दावाफुटी शेर्पाको नियुक्ति । 

स्पेनका लागि राजदूतजस्तो गरीमामय पदमा पुगेर महामहिम हुने उनीसँग आफ्नो नाम बाहेक केही चिज नै छैन । उमेर भन्यो मात्र ३४ वर्षकी छिन्, पढाइ भन्यो असम्बन्धित विषयमा भर्खरै अमेरिकाबाट ग्राजुयसन गरेकी छिन्। अनुभव भन्यो धनाढ्य परिवारकी राजुकुमारी नै हुन् उनी, अनररी पद बाहेक केही नै छेन ।

तर, उनीसँग आफ्नो केही नभए पनि विरासत भने लामै छ । प्रथम सगरमाथा आरोही पासाङ ल्हामु शेर्पाकी छोरी हुन् । नेपाल हवाई माफिया आङछिरिङ शेर्पाकी भतिजी हुन् । आमासँग हैन काकासँग प्रधानमन्त्री ओलीको विशेष सम्बन्ध थियो । त्यही सम्बन्धका आधारमा तत्कालिन एमालेले धुम्वराहीमा नि: शुल्क कार्यालय भवन पायो भने त्यसपावत आङछिरिङले सावा व्याज गरेर बाँचुन्जेल त ब्यापारबाट धेरै लिए । उनकै स्वार्थपूर्ति गर्ने क्रममा रविन्द्र अधिकारीसमेतको ज्यान गयो । 

यो त बाँचुन्जेलकाे कुरा भयो, आङछिरिङ मरेपछि पनि ओलीबाट केही लिदैछन् । त्यही लिने क्रममा भतिजी दावाफुटीलाई महामहिम राजदूत पद दिइएको हो । 

भन्नेहरू भन्छन्- ओली दाहिना भएपछि नेपालमा नहुने नै केही छैन । दावाफुटी राजदूत हुनु त सामान्य कुरा हो । 

प्रकाशित मिति: : 2019-07-09 04:21:14

प्रतिकृया दिनुहोस्