आज काठमाडौं उपत्यकामा भोटो जात्रा पर्व मनाइँदैछ।
नेपाल संवत्को सातौँ महिना बछलाको शुक्लपक्षको चौँथो तिथिमा पर्ने यो जात्रा मनाइन्छ।
बुंग द्यः जसलाई रक्तलोकित्सर्व करुणामय अनि रातो मछिन्द्रनाथका साथै, वर्षाका देवताका रुपमा प्रचलित यस देवताको जात्रा काठमाडौले सदियौँदेखि मनाउँदै आएको छ।
ललितपुरमा शाषन गरेका राजा नरेन्द्र देवको पालादेखि मनाइँदै आएको यो जात्रा पुलचोकमा ६० फुट अग्लो रथको निर्माण कार्य अगाडि बढेदेखि नै यस जात्राको रौनक शुरु हुन्छ।
रथ निर्माण पछि बुंग द्यः को मन्दिरबाट मूर्ति ल्याएर रथमा राखी एक महिनासम्म भक्तजनहरुले त्यस रथलाई उपत्यकाका विभिन्न ठाउँहरुमा तानिन्छ।
रथ तान्ने क्रम गाबाहल, मगंलबजार, हाखा, सुन्धारा, चक्रबाहल, लगनखेल हुँदै जावलाखेल मैदानमा राखिन्छ र शुभसाईत हेरेर भोटोजात्राको मिति तय गरिन्छ।
यो जात्रा नेपाली ऐतिहासिक भोटो देखाईएपछि मात्र अन्त्य हुने गर्दछ।
यसरी भोटो देखाउनका लागि राष्ट्रप्रमुख आउने र अन्य महत्वपूर्ण विशिष्ट व्यक्तिहरु उपस्थित रहने चलन छ।
भोटोजात्राको अवसरका उपत्यकाका तीन जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) मा सार्वजानिक बिदा समेत दिइएको छ।