सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता जारी

गृह मन्त्रालयमा सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता भइरहेकाे छ। 

गृहमन्त्री रमेश लेखकको पहलमा अहिले सरकार र आन्दोलनरत यातायात व्यवसायीबीच वार्ता भइरहेकाे हाे। 

‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ले आजदेखि देशैभर अनिश्चितकालीन यातायात बन्दको घोषण गरेपछि जनजीवन प्रभावित बनेको छ।

 सरकारले राइड सेयरिङ तथा सेल्फ ड्राइभ सञ्चालन अनुमति दिएको विरोधमा व्यवसायीहरूले आन्दोलन गरिरहेका छन्। 

प्रकाशित मिति: : 2025-06-02 10:21:00

प्रतिकृया दिनुहोस्