‘अपरेशन स्पाईडर वेब’ : रुसलाई युक्रेनले देखाएकाे अहिलेसम्मकै ठूलाे ‘शक्ति’

युक्रेनले रुसविरुद्ध अहिलेसम्मकै सबैभन्दा ‘ठूलो आक्रमण’ गरेको छ। सन् २०२२ को फेब्रुअरी २४ मा ‘युक्रेन कब्जा’ गर्ने घोषणासँगै रुसले एकतर्फी सुरु गरेको युद्ध अझै रोकिएको छैन। 

हजारौं मानिसको ज्यान निलिसकेको यो युद्ध सुरु भएयता युक्रेनले हालै गरेको आक्रमणलाई अहिलेसम्मकै ठूलो सफल भएको दाबी गरिएको छ। 

युक्रेनले रुसको हवाई सुरक्षा फौंजमाथि आक्रमण गरेको हो। त्यो भनेको ड्रोन आक्रमण हो। अर्थात् बमबर्षक। यी निकै खतरनाक र शक्तिशाली मानिन्छन्। धेरै नै लामो दूरीसम्म मार क्षेप्यास्त्रमार्फत हान्नसक्ने यी ड्रोनहरूको माध्यमबाट युक्रेनले रुसका सबैभन्दा खतरनाक मानिने हवाई सैन्य अड्डाहरूमा आक्रमण गरेको हो।

यो आक्रमणका लागि युक्रेनले लगभग १८ महिना लामो तयारी गरेको थियो। त्यसअघि उसले जासुसीका लागि सयौं साना ड्रोनहरू लुकाएर रुसभित्रै पनि पठाएको थियो। अहिलेसम्मका युद्धमा लगभग यस्तो जासुसी प्रयोग पहिलोपटक हो। 

यो आक्रमणको योजनालाई युक्रेनले ‘अपरेशन स्पाइडर वेब’ नाम दिएको छ। 

युक्रेनको सैन्य गुप्तचर निकाय एसबीयूले सञ्चारमाध्यमहरूलाई चुहाएका विवरणहरू केलाउँदा यो आक्रमण अहिलेसम्मकै विस्तृत योजनाबद्ध भएको देखिन्छ।

रुसले निकै सुरक्षित र युद्धका लागि महत्वपूर्ण ठानेका युद्धविमानहरू युक्रेनले यो आक्रमणबाट ध्वस्ता पारिदिएको छ। 

युक्रेनसँग त्यस्ता शक्तिशाली युद्धविमानहरू ध्वस्तै पार्नेखालका लगभग १२० बमवर्षकहरू थिए। तीमध्ये यो आक्रमणमा युक्रेनले ४० वटा प्रहार गरेको छ। 

यसबाट रुसलाई लगभग ७० अर्ब डलरभन्दा धेरै क्षति भएको युक्रेनले दाबी गरेको छ। यद्यपि रुसले त्यसबारे केही भनेको छैन। 

युक्रेनका रक्षा विशेषज्ञहरूले यसबाट रुसले कति क्षति ब्यहोर्नुपर्‍यो र युक्रेनले के पायो भन्दा पनि पश्चिमा शक्ति राष्ट्रहरूले युक्रेनले एउटा गतिलो र बलियो सन्देश दिएको बताउँछन्। युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसमाथिकाे सबैभन्दा ऐतिहासिक आक्रमण सफल भएकाे भन्दै आफ्ना सैन्य कमाण्डरलाई धन्यवाद अनि बधाई दिएका छन्। 

यसअघि ह्वाइटहाउसमा बोलाएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीलाई ‘रुसले हार्नेछैन, तिमीहरू आत्मसमर्पण गर’ भनेर हेपेका थिए। 

र, आज युक्रेनले देखाइदिएको छ कि उसँग पनि केही शक्ति छ, जसबाट सावित हुन्छ युक्रेन अझै लड्नेछ। 

प्रकाशित मिति: : 2025-06-02 10:08:00

प्रतिकृया दिनुहोस्