शुक्रबार म्यानमार केन्द्रबिन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म ७ सयभन्दा धेरैको मृत्यु पुष्टि भएको छ। तीमध्ये केही थाइल्याण्ड र बाँकी सबै म्यानमारका नागरिक छन्।
७.९ रेक्टर स्केलको उक्त भूकम्पमा परेर १० हजारभन्दा धेरै मानिस मारिएको हुनसक्ने स्थानीय प्रशासनले आशंका गरेको छ।
अहिलेसम्म पनि उद्धार र राहतको काम चलिरहेका कारण मानिसको मृत्युलगायत अरु क्षति विवरणहरू एकीन भइसकेको छ।
भूकम्पको झट्का थाइल्याण्ड, चीन, बङ्गालदेश र भारतसम्मै महसुस गरिएको थियो।