थापाथलीमा मंगलबार बिहान मेलम्ची खानेपानीको पाइप फुट्दा करिब पाँच लाख लिटर पानी खेर गएको छ।
छिटो समस्या समाधान गरिएकाले पानी धेरै खेर जान नपाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ।
पाइप फुट्नुको कारणबारे अध्ययन भइरहेको लिमिटेडका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए। प्रारम्भिक अनुमानमा पानीको चाप धेरै भएकाले फुटेको हुनसक्ने उनले बताए।
खानेपानीको पाइप फुटेको ठाउँमै फोहर पानीको पाइप पनि बिग्रिएकाले थापाथली क्षेत्रमा प्राविधिक समूहले अध्ययन गरिरहेको उनले बताए।
पाइप फुटेको ठाउँमा लिमिटेडडको प्राविधिक समूहले काम गरिरहेको छ। मर्मत र व्यवस्थापन भइरहेको छ। केही दिनमै त्यस क्षेत्रमा पहिले झै पानी वितरण गरिने प्रवक्ता राईले बताए।