जनकपुरधाम उप महानगरपालिका वडा नम्वर १ का पूर्व वडाध्यक्ष शत्रुधन साह पक्राउ परेका छन्। लेनदेन मुद्दामा उनलाई सोमबार जनकपुरधामबाटै पक्राउ गरिएको हो।
जनकपुरधाम उप–महानगरपालिका वडा नम्वर ५ बस्ने धर्मेन्द्र साहसँगको लेनदेन मुद्दामा उनलाई जिल्ला अदालत धनुषाबाट दुई वर्ष कैदको फैसला सुनाइएको थियो। उनलाई अदालतबाट पक्राउ पूर्जी जारी भए पछि आज पक्राउ गरिएको छ।
पूर्व वडाध्यक्ष साह जग्गा खरिदबिक्रीमा पैसा लिएर नत जग्गा नै दिए नत पैसा नै। पछि उनी विरुद्ध अदालतमा मुद्दा दायर भए पछि अदालतले उनलाई पक्राउ गर्न आदेश गरेको थियो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार साहलाई वडा नं. १ बाटै पक्राउ गरिएको थियो भने उनलाई आज अदालतमा पेस गरिने छ।