बुधबार राती १२ बजे मुगु स्थित रारा तालको डिलमा रहेको डाँफे होटेलमा आगलागी भएको छ।
आगलागीबाट करोडौंको क्षति भएको जिल्ला प्रहरी कार्यालय, मुगुले जनाएको छ।
आगलागीबाट होटेलका सबै भवन सहित ९४ वटा बेड विस्तारा, किचनका सरसामान सबै जलेर खरानी भएका छन्। मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ।थप क्षतिको बिवरण आउन बाँकी छ।