काठमाडौंको बूढानीलकण्ठमा २४ भारतीय नागरिक पक्राउ परेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति छापा मारेर उनीहरूलाई पक्राउ गरेकाे हाे।
अनलाइन जुवा तथा बेटिङ खेलाएको आरोपमा पक्राउ परेका उनीहरूकाे साथबाट२१ थान मोबाइल, ३८ थान ल्यापटप समेत बरामद गरिएको छ।
उक्त समूहले ३ महिनामा १ अर्ब ६४ करोड ३९ लाख ५७ हजार ३४० रुपैयाँ बराबरको अनलाइन जुवा कारोबार गरेको पाइएको अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए।