नयाँ दिल्लीमा बिहानै भूकम्पको धक्का

भारतको राजधानी नयाँ दिल्लीमा बिहान सबेरै भूकम्प गएको छ।

बिहान ५ बजेर ३६ मीनेटमा गएको ४ रेक्टर स्केलको भूकम्पले नयाँ दिल्ली र वरपरको क्षेत्रलाई हल्लाएको छ। 

यसअघि जनवरी ७ को बिहान चीनको सिचाङमा गएको ७.१ रेक्टर स्केलको भूकम्पको धक्का पनि महशुस गरिएको बताइन्छ।

त्यसभन्दा पहिले सेप्टेम्बर ११ मा पाकिस्तानको कारोरमा गएको ५.८ रेक्टर स्केलको भूकम्पले पनि नयाँ दिल्लीका स्थानीयलाई झस्काइदिएको थियो।

प्रकाशित मिति: : 2025-02-17 08:11:00

प्रतिकृया दिनुहोस्