बेलुन विस्फोटका घाइतेको अवस्था सुधारोन्मुख, भेटघाट बन्द

बेलुन विस्फोट हुँदा घाइते भएका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ।

कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयुमा उपचाररत दुवैजनाको स्वास्थ्य क्रमिक रुपमा सुधार हुँदै गएको अस्पतालले जनाएको हो। अस्पतालका अनुसार उनीहरूको स्वास्थ्य अवस्था हिजोभन्दा आज सुधारोन्मुख रहेको छ।

उनीहरूको स्वास्थ्य अवस्था यतिबेला सामान्य छ। यद्यपि संक्रमणको जोखिमका कारण भेटघाट भने बन्द गरिएको अस्पतालले जनाएको छ।

प्रकाशित मिति: : 2025-02-16 16:34:00

प्रतिकृया दिनुहोस्