विराटनगरबाट कार चोरेको आरोपमा एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिन रहेका छन्।
विराटनगरको एयरपोर्ट मोडको पूजा इन्टरनेट प्रालिको कार राति करिब २ बजेतिर चोरी गरेका थिए।
तर शुक्रबार दिउँसो सुनसरीमा शंकास्पद अवस्थामा हराएको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी फेला पर्यो।
नयाँ कार चोरी भएको खबर पाउनसाथ खोजीकार्य बढाएर मन्तोष समातिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमरियाले जानकारी दिए।
उनकाअनुसार मन्तोषले नयाँ कार भारत तर्फ लैजान खोजेका थिए। तर, पेट्रोल सकिएको कारण अघि बढ्न नसकेका उनी पक्राउ परेका हुन्।
चाबी घर्रामा राखिएको अवस्थामा त्यही चाबी लिएर उनी ८० लाखसम्म पर्ने कार चोरेर फरार हुन खोजेका थिए।
अहिले प्रहरीको नियन्त्रणमा रहेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।