विष्णु पौडेल र धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइयो

पोखरा भ्रमण वर्षको उद्घाटनका क्रममा बेलुन पड्किँदा घाइते भएका  अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

शनिबार पोखरा भ्रमण वर्ष २०२५ को लोगो अनावरणका क्रममा उडाउन लागिएको बेलुन पड्किएपछि उनीहरू आगोको लप्कामा परेका थिए। अर्थमन्त्री पौडेलभन्दा मेयर आचार्य बढी घाइते भएका छन्।

पौडेललाई घाइते भएलगत्तै काठमाडौं ल्याइएको थियो। घाँटी र गालमा जलन भएका मेयर आचार्यलाई भने पोखरामा प्राथमिक उपचार पश्चाल भर्खरै सिम्रिक एयरको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो।

आचार्यलाई थप जाँचका लागि कीर्तिपुरस्थित बर्न अस्पतालमा लैजान लागिएको हो।

प्रकाशित मिति: : 2025-02-15 15:31:00

प्रतिकृया दिनुहोस्