जनकपुरधाम उपमहानगरपालिका–९ पिडारीचोकमा एक व्यवसायीमाथि फलामका रड प्रहार भएको छ।
बरहथवा नगरपालिका–८ का ३७ वर्षीय व्यवसायी मुकेश प्रसाद यादवमाथि एक समूहले रड प्रहार गरेको हो।
उक्त आक्रमणबाट गम्भीर घाइते भएका उनको जनकपुरमा उपचार सम्भव हुन नसकेपछि थप उपचारका लागि ललितपुरको बी एण्ड बी अस्पताल रिफर गरिएको छ।
कुटपिटमा संलग्न जनकपुरधाम–१३ का फेकु साह, अमित साह, तुल्सी साह, सुभाष साह र भारत विहार राज्यको सितामढी विष्णुपुरका विकास साहलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वरुणबहादुरर सिंहले जानकारी दिए।