आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

अभद्र व्यवहारको कसुरमा पक्राउ परेकी कथित सामाजिक अभियान्ता आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

पहिलोपटकको म्याद सोमबार सकिएपछि जिल्दा अदालत काठमाडौंले उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।

गत पुस २६ गते पशुपति क्षेत्र विकास कोषको पत्र जाहेरी र प्रहरी प्रतिवेदनका आधारमा गत मंगलबार प्रहरीले  उनलाई पक्राउ गरेको थियो।

२५ गते पशुपति विकास कोषमा गएर हुलदंगा गरेका आशिकाको टोलीले प्रहरी अधिकारीहरूमाथि समेत अभद्र व्यवहार गरेका थिए।

प्रकाशित मिति: : 2025-01-21 15:45:00

प्रतिकृया दिनुहोस्