सकिएन रविकाे थुनछेक बहस, अझै दुई दिन हिरासतमै रहने

File Photo
File Photo

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने अझै दुई दिन प्रहरी हिरासतमै रहने भएका छन्।

काठमाडौँ जिल्ला अदालतमा साेमबार पनि थुनछेक बहस नसकिएपछि उनी थप दुई दिन हिरासतमै रहने भएका हुन्।

आज सरकारी वकिल र जाहेरवाला पक्षको मात्र बहस भएकाले प्रतिवादीको तर्फबाट बहस हुन सकेन। लामिछानेको तर्फबाट बुधबार मात्र बहस हुने भएकाे छ।

काठमाडौँको स्वर्णलक्ष्मी सहकारीको रकम हिनामिना प्रकरणमा मुद्दा दर्ता भएपछि उनी आइतबार आफै अदालतमा हाजिर भएर बयान दिएका थिए।

आइतबार बयान सकिए पनि थुनछेक बहस नभएपछि अदालतले उनलाई न्यायिक हिरासतमा पठाएकाे थियाे। आज थुनछेक बहस नसकिएपछि उनी हिरासतमै बस्ने भएका हुन्।

पूर्वगृहमन्त्रीसमेत रहेकाे लामिछानेमाथि स्वर्णलक्ष्मी सहकारीकाे ५ करोड ७८ लाख ९८ हजार ४८० रुपैयाँ हिनामिना गरेकाे आराेप छ।

यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तीन महिनाको अनुसन्धान तथा थुनछेक बहसपछि बिहीबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो। त्यसपछि उनी धरौटीमा रकम बुझाएर काठमाडाैँ आएका हुन्। 

प्रकाशित मिति: : 2025-01-13 17:06:00

प्रतिकृया दिनुहोस्