नेपाल प्रहरी र सशस्त्र प्रहरीसम्बन्धी विधयेक संसदमा पेस गर्न मन्त्रिपरिषद्ले दियाे स्वीकृति

Break n Links
Break n Links

नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालसम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक संघीय संसदमा पेस गर्न मन्त्रिपरिषद्ले स्वीकृति दिएको छ।

शुक्रबार बसेकाे मन्त्रिपरिषद् बैठकले उक्त विधयेक पारितका लागि संसदमा पेस गर्न स्वीकृति दिएको हाे।

गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए। त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो।

गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियो।

मन्त्रिपरिषद्माको विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्मामा पेश गरिएको गृहमन्त्री लेखकले जानकारी दिए। उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने बताए।

प्रकाशित मिति: : 2025-01-11 16:54:00

प्रतिकृया दिनुहोस्